
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति नेता रावलले सोमबार असन्तुष्टि जनाउँदै उनीमाथि जाँच गर्न माग गरेका हुन् ।
उनले तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्ने भन्दै गालीगलौजमा नउत्रिने बताएका छन् ।
'राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश-जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ । आलोचना सुन्छ । सत्य तथ्य अौंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न ।यस कसीमा रवि लामिछानेको जाँच गरौ ।' रावलले ट्विटरमा उल्लेख गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij