
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । मोरङको बेलबारी नगरपालिका–२, खड्का पेट्रोल पम्पअगाडि भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन् ।
भारतबाट नेपालमा आफन्त भेट्न आएका व्यक्तिहरू सवार जीप आज बिहान करिब साढे ३ बजे पल्टिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
दुर्घटनामा परी जिपमा सवार भारतीय नागरिक ६३ वर्षीय प्रतापसिंह तामाङको मृत्यु भएको हो । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले बताइएको छ ।
दुर्घटनामा घाइते भएका चालकसहित तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij