
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । सुधीर बस्नेतको स्वामित्वमा रहेको ललितपुरको इमाडोलस्थित हाउजिङ लिलामीमा परेको छ । कर्मचारी सञ्चय कोषले उनको स्वामित्वमा रहेको करिब ११ रोपनी क्षेत्रफलको जग्गा र निर्माणाधिन आवासीय भवनहरु लिलाम बिक्रीको २१ दिने सूचना निकालेको हो ।
मंगलबार प्रकाशित गोरखापत्र दैनिकमा २१ दिन भित्र लिलाम बिक्री गर्ने चेतावनी मूलक सूचना छापिएको छ । बस्नेतले काठमाडौंको बाफलमा कोहिनुर हिल हाउजिङ प्रा।लि नामक कार्यलय खडा गरेर कर्मचारी संञ्चय कोषबाट हाउजिङ निर्माणका लागि कर्जा लिएका थिए । कर्मचारी संञ्चय कोषले विभिन्न १७ वटा शर्त बन्देज राखेर लिलामीको प्रक्रिया थालेको छ ।
बस्नेतले ललितपुरको साबिक इमाडोल गा।वि।स। वडा नं।४ स्थित विभिन्न २८ वटा कित्ताका जग्गाहरु दृष्टिबन्धक राखि कर्मचारी संञ्चय कोषबाट कर्जा लिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij