Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कुकुरलाई खुल्ला शौच गराए कारवाही हुने !

कुकुरलाई खुल्ला शौच गराए कारवाही हुने !

  • ललितपुर । ललितपुर महानगरपालिकाले घर पालुवा कुकुरलाई खुल्ला शौच गराए कारबाही गर्ने भएको छ । महानगरले बिहीबार एक सूचना जारी गर्दै ‘घरमा पालिएका कुकुरलाई घरधनीले दिसा, पिसाब गराउन सडक, पार्क जस्ता सार्वजनिक स्थलमा ल्याएको पाइएमा कारबाही गर्ने’ बताएको हो ।

    images
    images
    images

    ललितपुर महानगरले नगरलाई हरियाली सहितको सफा र सुन्दर शहर बनाउन विभिन्न योजना अघि बढाइरहेको भन्दै घर पालुवा कुकुरलाई जथाभावी शौच गराउँदा वातावरण प्रदुषित हुँदै गएको जनाएको छ ।

    कुकुरको दिसापिसाबमा भएको जिवाणु वातावरणमा फैलँदा मानव स्वास्थ्यमा समेत हानी पुग्ने भन्दै महानगरमा कसैले कुकुरलाई खुल्ला शौच गराए कडा कारवाही गर्ने महानगरले चेतावानी दिएको छ ।

    Lalitpur-mahanagar-Suchana.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij