Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

जनविकास स्कुलका विद्यार्थीलाई पोसाक तथा स्टेसनरी सामग्री वितरण

जनविकास स्कुलका विद्यार्थीलाई पोसाक तथा स्टेसनरी सामग्री वितरण

  • ललितपुर। गोदावरी नगरपालिका १३ झरुवारासीमा अवस्थित श्री जनविकास माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना अति विपन्न वर्गका विद्यार्थीहरुलाई विद्यालय पोसाक (ट्रयाक सुट) तथा स्टेसनरी सामग्री वितरण गरिएको छ। श्रीकृष्ण प्रणामी युवा परिषद ललितपुर जिल्ला समितिको आयोजना तथा विशेष सहयोगमा मंगलबार विद्यालयमै उक्त सामाग्रीहरु विद्यार्थीलाई वितरण गरिएको हो। गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष भाष्कर थापा, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्दिय अध्यक्ष जगदीशचन्द्र शर्मा, पूर्व केन्द्रिय अध्यक्ष मात्रिका प्याकुरेल,जिल्ला समितिका अध्यक्ष कृष्ण खड्का तथा पदाधिकारी र सदस्यहरु, बाईजुराज महिला समिति, श्रीकृष्ण प्रणामी सेवा समितिका पदाधिकारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो। सोही कार्यक्रममा श्रीकृष्ण प्रणामी बाईजुराज महिला समितिका केन्द्रिय उपाध्यक्ष उषा लामिछाने र नवातानाधम सेवा समितिका सदस्य भुवानमान प्रधानले विद्यालयलाई ५०/५० हजारको अक्षयकोष निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    उक्त कार्यक्रम  विद्यालयका प्रधानाध्यापक यज्ञ प्रसाद अधिकारीकाे सभापतित्वमा भएको हाे । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij