Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । 'रोटरी क्लब अफ हेरिटेज पाटन' ले सम्पदा पैदल यात्राको आयोजना गर्ने भएको छ । क्लबले पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो ।
क्लबले कला, संस्कृति, भाषा, सम्पदा संरक्षण, सम्बर्धन तथा प्रवर्धनको प्रचार प्रसार तथा आन्तरिक एवम् वाह्य पर्यटन प्रर्वधन गर्ने उदेश्यका साथ आगामी फागुन ६ गते 'सम्पदा संरक्षणको लागि पैदल यात्रा’ नाराका साथ सम्पदा पैदल यात्रा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
सो पैदल यात्रा ललितपुर मंगलबजार दरवार स्क्वारबाट बिहान ७ बजे सुरु गरी मंगलबजार, पुल्चोक अक्षेश्वर महाविहार, भनिमण्डल, जलविनायक, पांगा बस पार्क हुँदै किर्तिपुरको उमामहेश्वर मन्दिरसम्म १२ किमीको यात्रा गरी उमामहेश्वर मन्दिर प्राङ्गणमा समापन हुनेछ । क्लबले उक्त पैदल यात्रामा दुई हजार भन्दा बढी व्यक्तिहरु सहभागि गराउने लक्ष्य राखेको आयोजकले जानकारी दिएको छ ।

उक्त पैदल यात्रामा ललितपुर महानगरपालिका, कुमारी बैंक लिमिटेड, ललितपुर उद्योग वाणिज्य संघ, किर्तिपुर नगर उद्योग वाणिज्य संघ, रोटरी क्लब अफ किर्तिपुर, बयोदा हस्पिटल, सुनौलो नेपाल, रोट्राक बबल अफ पाटन हेरिटेज, बल्ती एप र काठमाण्डौ भ्याली प्रिजमेशन ट्रष्ट संस्थाहरुले सहयोग गर्ने उक्त पैदल यात्राका संयोजक कृष्णलाल महर्जनले बताए ।
क्लबका अनुसार उक्त यात्रामा सहभागि हुनका निम्ति खल्ती ’एप’ वा कुमारी बैंक लिमिटेडको क्युरआर कोड स्क्यान गरी प्रति व्यक्ति सात सय रुपैयाँ रकम भुक्तान गरी नाम दर्ता गराउन सकिनेछ । नाम दर्ता भएका सहभागीहरुलाई प्रतिव्यक्ति टिसर्ट, क्याप र खाजा उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij