Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

ललितपुरमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु, ६ जना घाइते

ललितपुरमा कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु, ६ जना घाइते

  • ललितपुर । ललितपुरमा कार र  ट्याक्सी आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको छ । ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित बीएण्डबी अस्पताल नजिकै गएराति कार र  ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

    images
    images
    images

    दुर्घटनामा ट्याक्सीमा सवार ६ जना र कारमा सवार २ गरी ८ जना घाइते भएका थिए । ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षीय सरोज कुमार बिक र कारमा सवार काठमाडौंको कलंकी बस्दै आएका मोरङका अन्दाजी ३५ वर्षीय धनबहादुर बस्नेतको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकामध्ये कार चालक कलंकी बस्ने झापाको बिर्तामोडका ३५ वर्षीय वीरबहादुर बिकको अवस्था गम्भीर रहेको छ ।

    ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार गएराति साढे १२ बजे आपसमा ठोक्किएका थिए ।  कार चालक बिकले मदिरा पिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij