Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

ललितपुरमा नक्कली मदिरा बनाउने कार्यमा संलग्न तीन जना पक्राउ

ललितपुरमा नक्कली मदिरा बनाउने कार्यमा संलग्न तीन जना पक्राउ

  • ललितपुर । ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन् ।  ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    यस्तै सो कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको पाइएको हो । उपत्यका प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा दोलखाको कालीञ्चोकका निरज पौडेलसहित तीन जनालाई पक्राउ गरेको हो ।

    प्रहरीले एक जना सञ्चालक र दुई जना विक्रेतालाई  पक्राउ गरेको जनाएको छ ।  उक्त मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij