Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

म्याग्दीमा जिप दुर्घटना: एकको मृत्यु, सात घाइते

म्याग्दीमा जिप दुर्घटना: एकको मृत्यु, सात घाइते

  • काठमाडौं । म्याग्दीमा आज दिउँसो जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगला गाउँपालिका-२ काफलगौरमा थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग१ज ६९३८ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा अन्य सात जना घाइते भएका छन् ।

    images
    images
    images

    मृत्यु हुनेमा सोही गाउँपालिका १ की ६० वर्षीया फौमाया गर्बुजा रहेकी छिन् । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । घाइते मंगला-२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

    मंगला-१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला-२ की २२ वर्षीया विपना कार्की, मङ्गला-१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

    ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो । जिप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij