
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपु्र । गोदावरी नगरपालिका १२ ठेचोमा १२ वर्षे जात्रा समापन भएको छ । हिजो नवदुर्गा भवानी देवी १२ वर्षे जात्राको अन्तिम पर्वको रुपमा रहेको "धु: ख प्याखँ " (नाच) बाट सम्पन्न भएको हो ।
यो नाच समापन संगै १२ वर्षे जात्रा विधिवत रुपमा समापन भएको र नवदुर्गा गूठीबाट सुचित गरिएको सबै नियमहरु समेत अर्को १२ बर्षे जात्रा सम्मको लागि फुकुवा भएको नवदुर्गा भवानी देवी गुठीले जानकारी दिए ।
साथै, नवदुर्गा भवानी देवीको महत्त्वपूर्ण २८ वटा पर्वहरु समेत पुर्ण भएको गुठीका अध्यक्ष धर्मराज मालीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij