
Apr 17 2025 | २०८२, वैशाख ४ गते
चीनमा बढ्दो कोरोना संक्रमणको कारण पछिल्लो १ हप्तामा मात्रै १३ हजार जनाको मृत्यु भएको छ । हालसम्म चीनमा ८० प्रतिशत जनसंख्यामा कोरोना संक्रमण फैलिसकेको बताइएको छ ।
सीडीसीले गत जनवरीसम्म कोभिडका कारण ६० हजार मानिसको मृत्यु भइसकेको जनाएको छ । चीनले डिसेम्बरको पहिलो हप्ता कोभिड नीति अन्त्य गरेपछि संक्रमण दर बढ्दै गएको सीडीसीले जनाएको छ ।
चर्को विरोध भएपछि चीनले लागू गरेको शून्य कोभिड नीति फिर्ता लिएको थियो । कोभिड पोजिटिभ व्यक्तिहरुलाई क्वारेन्टाइन शिविरमा बस्न बाध्य पारिएपछि चौतर्फी विरोध भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij