
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । जनता समाजवादी पार्टीमा मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य प्रवेश गरेका छन् ।महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।
आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । दुई जना प्रवेश गरेपछि मधेश प्रदेशसभामा जसपाको १८ जना प्रदेशसभा सदस्य हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij