
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । विराटनगरमा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-१० लालीगुराँस चौककी ८० वर्षीया देवी यादवको मृत्यु भएको हो ।
आगो ताप्ने क्रममा उनी जलेकी थिइन् । आगोमा जलेर आज बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।
घटनाको अनुसन्धान सुरु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी श्रेष्ठेले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij