
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । आइतबार भएको बिमान दुर्घटनामा मृत्यु भएकामध्ये २२ जनाको शव आफन्तले बुझेका छन् । कास्की जिल्ला प्रसाशनले पोखरामा परीक्षण गरिएको सबै शव आफन्तलाई बुझाएको जनाएको छ ।
नेपाली सेनाको हेलिकप्टरले मंगलबार ४८ जनाको शव पोखराबाट काठमाडौं ल्याएको थियो । पोखरामा पहिचान नभएका शव काठमाडौंमा परीक्षण हुँदैछ । बेपत्ता भएका अझै एकजनाको खोजीकार्य भैरहेको छ ।
गोताखोर र ड्रोनको प्रयोग गरेर मंगलबार शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी कार्य गर्दा दुर्घटनास्थलबाट २ किलोमिटर टाढा एक शव भेटिएको थियो ।
आइतबार चालकदलका ४ जना सदस्यसहित ६८ यात्रु बोकेर पोखरा उडेको यति एयरलाइन्सको विमान पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij