
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि गम्भीर भएर छलफल गर्ने बताए ।
पदभार ग्रहण गरे लगतै किराँतीले हवाई क्षेत्र सुरक्षित गर्न र यसअघि भएका कमीकमजोरीलाई सुधार गर्न छलफल गर्ने बताए । त्यसकासाथै एक महिनाको पारिश्रमिक परोपकारको काममा लगाउने निर्णय गर्दै उनले खादा माला नलगाउने निर्णय पनि गरे ।
मन्त्रालयमा भएका विकृतिलाई अन्त्य गर्ने र कुनै भनसुन नचल्नेसमेत मन्त्री किराँतीले स्पष्ट पारे । मुलुकको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि आवश्यक पूर्वाधारका साथ नीति नियम बनाउनमा ध्यान केन्द्रित गर्ने उनको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij