Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

पोखरा विमान दुर्घटना : सेनाको हेलिकोप्टरबाट २५ शव काठमाडौं ल्याइयो

पोखरा विमान दुर्घटना : सेनाको हेलिकोप्टरबाट २५ शव काठमाडौं ल्याइयो

  • काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनामा फेला परेका ७० शवमध्ये २५ वटा शव केहीबेरअघि काठमाडौं ल्याइएको छ ।

    images
    images
    images

    नेपाली सेनाको एमआई १७ भी ५ एनए ०५३ हेलिकोप्टरमा ल्याइएका शवलाई पोष्टमार्टम तथा डिएनए परीक्षणको निम्ति काठमाडौं ल्याइएको हो ।

    पाइलट प्रमुख सेनानी राकेश लिम्बुको कमाण्डमा उडाइएको उक्त हेलिकोप्टर केहीबेरअघि अस्पताल नजिकै भैरवनाथ गणको हेलिप्याडमा रोकिएको थियो । त्यहाँबाट शववाहनमा राखेर शव टिचिङ्ग अस्पताल लगिएको छ ।

    उक्त शव काठमाडौं शिक्षण अस्पतालबाट पोस्टमर्टम गरी आफन्तलाई बुझाइने प्राधिकरणले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij