Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

काठमाडौँबाट गएका फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम

काठमाडौँबाट गएका फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम

  •  काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि काठमाडौँबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पुगेका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा।गोपाल चौधरी र डा। समारिका दाहालले पोखरा पुगेर शवको परीक्षण थालेका हुन् ।

    images
    images
    images

    दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाडौँका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। भरतबहादुर खत्रीले जानकारी दिए । खत्रीका अनुसार पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौँ पठाउने तयारी छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ । चार जनाको शवको खोजी भइरहेको छ । भेटिएका शवमध्ये २६ जनाको पहिचान भएको छ ।

    दुर्घटनास्थलबाट निकालिएको शवहरू पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij