Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पोखरा विमान दुर्घटना: यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटियो

पोखरा विमान दुर्घटना: यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटियो

  • काठमाडौं । पोखरामा आइतबार बिहान दुर्घटना भएको यती एयरलाइन्स विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । विमान दुर्घटनामा परेको २४ घण्टापछि सोमबार बिहान ब्ल्याक बक्स भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    images
    images
    images

    काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए ।

    विमानमा किन राखिन्छ ’ब्ल्याक बक्स’ ?

    हामीले ‘ब्ल्याक बक्स’ भनेर चिनेको सामग्रीको वास्तविक नाम फ्लाइट डाटा रेकर्डर (एफडीए) हो । यसले तथ्यांकको रेकर्ड राख्ने गर्दछ ।

    दुर्घटनापछि अनुसन्धानलाई सहज बनाउन, इन्जिनको आवाज, तापक्रम, इन्धनको प्रवाह, विमानको गति, उचाइ र झर्ने दरलगायतका उडानसँग सम्बन्धित तथ्यांकको यसले रेकर्ड राख्छ । यसलाई ब्ल्याक बक्सभन्दा रेकर्डर भन्नु बढी उपर्युक्त हुन्छ । पहिला यो एउटा बक्सको आकारमा हुने भए पनि अहिले यसको आकार हल्का सिलिन्डर जस्तो हुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij