Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु 

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु 

  • काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको ज्यान गएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका– १६ लेटार बस्ने २१ वर्षीय सुशीला चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी छन् । 

    images
    images
    images

    उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हाे । सोमबार (आज) बिहान पौने २ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल घोराही– १६ बेसाइमा दुर्घना हुँदा उनीहरू गम्भीर घाइते भएका थिए ।

    मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ ।

    दुबै जनाको शव प्रतिष्ठानमा नै राखिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij