Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बज्रबाराहीको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै 

बज्रबाराहीको नित्य पूजा सञ्चालनका लागि सहयोग जुट्दै 

  • ललितपुर । गोदावरी नगरपालिका ११ चापागाउँमा अवस्थित बज्रबाराही माईको ३० वर्ष अघिदेखि रोकिरहेको नित्य पूजा सञ्चालनका लागि व्यक्तिगत रुपमा सहयोग जुट्ने क्रम अघि बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    माघ १ देखि ८ गतेसम्म सञ्चालन भइरहेको श्रीमदभागवत सप्ताहा ज्ञानमहायज्ञ उद्घाटनका क्रममा आइतबार ललितपुर जिल्ला प्रतिनिधि तथा प्रदेश सभाका सांसदका साथै सो नगरपालिकाका प्रमुखले व्यक्तिगत रुपमा चन्दा प्रदान गरी उक्त कामको थालनी गर्ने बताए । 

    AGNI GROUP

    ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद उद्य शमशेर राणाले माईको नित्य पूजा गर्न अतिनै जरुरी रहेको भनाइ राख्दै यसलाई संरक्षण गर्दै अघि बढिने वचनवद्धताका साथ अक्षयकोष स्थापनाका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु २५ हजार सहयोग प्रदान गर्ने घोषण  गरे ।                            

    ललितपुर क्षेत्र नं २ प्रतिनिधिसभाका सांसद प्रेम महर्जनले सो सप्ताह महायज्ञ सफल बनाउन आफूले सक्दो सहयोग गर्ने र आफूले चिनेका साथीभाई आदिबाट रकम जम्मा गरी सप्ताह सम्पन्न हुनु अघि रकम ल्याएर समितिलाई बुझाउने वचनवद्धता गरे । 

    ललितपुर क्षेत्र नं ३ (१) प्रदेशसभाका सदस्य रघुनाथ महर्जनले माईको राेकिरहेको नित्य पूजा सञ्चालन गराउन आफ्नो व्यक्तिगत तर्फबाट रु १५ हजार पाँच सय १ प्रदान गरी बाँकी रकम पछि पुनः सहयोग गर्ने घोषण  गरे ।

    ललितपुर क्षेत्र नं ३ (२) प्रदेशसभाका सदस्य प्रेमभक्त महर्जनले मन्दिरमा हाल अघि बढिरहेको सप्ताह महायज्ञ सफल बनाउन आफूले सक्दो सहयोग गर्ने विचार व्यक्त गर्दै मन्दिरको नित्य पूजा सञ्चालनका लागि व्यक्तिगत रुपमा रु १० हजार एक सय एक प्रदान गर्ने वचनवद्धता व्यक्त गरे । 

    सो नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो नगरपालिका भित्र रहेको सो मन्दिरको संरक्षणमा विशेष जिम्मेवारी बोध गर्दै व्यक्तिगत रुपमा रु २५ हजार पाँच सय ५५ सहयोग गरी अक्षयकोष स्थापनाको कार्य सफल बनाउने भनाइ राखे । 

    सो मन्दिरमा पण्डित कपिलदेव भट्टको मुखारबिन्दबाट कथा वाचन भइरहेको छ ।

    325524920_566216098696048_1738576985482595575_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij