
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । पोखरामा भएकाे यति एयरलाइन्सको विमान दुर्घटनामा ३२ जनाकाे शव निकालिएको छ । काठमाडौँबाट आइतबार बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान सेती नदीको खोँचमा दुर्घटना भएको थियाे ।
विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । दुर्घटनाग्रस्त विमानबाट ३० जनाकाे शव निकालिएको बताइएकाे छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार दुर्घटनाग्रस्त विमानबाट अन्य शवहरू निकाल्न प्रयास भइरहेकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij