
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-११ अवलडाँडामा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही उपमहानगरपालिका १० घर भएका १८ वर्षीय सरोज चौधरी छन् ।
उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा राति पौने २ बजे मृत्यु भएको हो । दुर्घटनामा मोटर साइकल चालक सोही स्थानका १९ वर्षीय मंगल चौधरी र मोटरसाइकलमै सवार अन्दाजी २३ वर्षीय ऋषिराज चौधरी घाइते भएका छन् । उनीहरूको पनि सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले बताएको छ ।
ऋषिराजको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । रा ४ प ६०५१ नम्बरको मोटरसाइकल गएराति साढे १२ बजे अनियन्त्रित भई सडकदेखि अन्दाजी १५ मिटर तल खेतमा खसेको इलाका प्रहरी कार्यालय नारायणपुर दाङले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij