Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

कारागारमा रहेका श्रीमानलाई छुटाईदिने भन्दै वेश्यावृत्तिमा लगाउने पक्राउ

कारागारमा रहेका श्रीमानलाई छुटाईदिने भन्दै वेश्यावृत्तिमा लगाउने पक्राउ

  • काठमाडौं। पर्सामा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-१५ स्थित रानीपोखरी होटलका प्रबन्धक ५४ वर्षीय अनिलकुमार अरोडा, सोही होटलका वेटर महोत्तरी गौशाला नगरपालिका-११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ र लमजुङ राईनास नगरपालिका-४ बस्ने ३२ वर्षीय डोलनाथ कट्टेल रहेका छन् ।

    होटलको कोठामा एक महिलालाई कारागारमा रहेका श्रीमानलाई छुटाईदिने भन्दै झुठ्ठा आश्वासन र प्रलोभन समेत देखाई वेश्यावृत्ति गर्न बाध्य पारेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij