
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा महोत्सवको उद्घाटन गरेका छन् । गोरखा उद्योग वाणिज्य संघले पृथ्वीजयन्तीको अवसर पारेर ११औँ गोरखा महोत्सवको आयोजना गरेको हो ।
बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटनका लागि सैनिक हेलिकप्टरमार्फत गोरखा गएका थिए । उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा पुगेका हुन् ।
उनले हिजो प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । गोरखामा पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij