Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

'जीत हाम्रै पोल्टामा छ'

'जीत हाम्रै पोल्टामा छ'

  • ललितपुर । मुलुकभरका उद्योग वाणिज्य संघहरु मध्ये ललितपुर उद्योग वाणिज्य संघ एउटा पुरानो र सशक्त संघका रुपमा चिरपरिचित छ । संघको नयाँ नेतृत्वको दावी गर्दै भरत लाल जोशीसहितको समूहले उम्मेदवारी दिएको छ । उनै अध्यक्षका प्रत्यासी भरत लाल जोशीसँग अनलाइन पत्रिकाको ललितपुर व्यूरोले गरेको कुराकानीको सम्पादित अंश  । 

    images
    images
    images

    १. ललितपुर उद्योग वाणिज्य संघमा यहाँको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । यहाँको उम्मेदवारी किन ?
    - ‘इमान्दारिता, पारदर्शीता र दूरदर्शिता–उद्योगी ब्यवसायीहरुको हकहित हाम्रो प्रतिवद्धता’ भन्ने मुख्य नाराका साथ हाम्रो टिम अगाडी बढेको छ । त्यसलाई नै समेटेर अगाडि बढ्ने उद्धेश्यले मैले उम्मेदवारी दिएको छु । यसमा हाम्रो सिङगो ब्यवसायीको टिम छ । 

    २. यहाँको टिममा कस्ता ब्यक्तिहरु हुनुहुन्छ ? तपाईको टिमले नै जित पक्का गर्छ भन्ने लाग्छ तपाईँलाई ?

    - म झ्यालबाट आएको होइन ढोकाबाट आएको हुँ । त्यसैले झ्यालबाट आएकोलाई होइन ढोकाबाट आएको व्यक्तिलाई निर्वाचित गर्नुहोस् । हाम्रो टिममा अनुभवी व्यक्तिहरुको सम्रिश्रण भएकोले हाम्रो टिम बलियो र शसक्त भएर अघि बढ्नेछ भन्ने विश्वस्त छौ । हाम्रो टिमले उद्योग वाणिज्य संघलाई बलियो र शसक्त बनाउनेछ । त्यसैले हाम्रो टिमको पोल्टामा जित सुनिश्चित छ मेरो यसमा दुईमत छैन ।

    ३. तपाईँको जित्ने मन्त्र के हो ?
    हामी सामुहिकरुपमा अगाडि बढ्रन यस क्षेत्रमा आम उद्यमी ब्यवसायीको हकहितको सुनिश्चितताकालागि प्रतिवद्ध छौं । हाम्रो टिममा रोज्ने भनेको हाम्रो एजेण्डालाई रोज्ने हो । हामी इमान्दारीतापुर्वक पारदर्शी तरिकाले अगाडि बढ्छौं । हामीमा पदादर्शीता र इमान्दारीता छ । हामी नयाँ सोच र योजनमा साथ अगाडि बढ्ने योजनामा छौं । 

    ४. न्त्यमा के भन्नुहुन्छ ?

    हाम्रोलाई होइन राम्रोलाई जिताउनुस् । त्यसले दीर्घकालसम्म फाइदा पु¥याउँछ । सबैलाई मेरो समूहलाई अत्याधिक बहुमतका भोटका साथ जिताउनुहोस् भनेर आग्रह गर्न चाहन्छु । हामी व्यवसायीहरुको आशालाई निराशामा परिणत गर्ने छैनौं । 

     

    bharat team.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij