Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

फ्रान्सका कप्तान लोरिसले लिए सन्यास

फ्रान्सका कप्तान लोरिसले लिए सन्यास

  • काठमाडौं । फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । फ्रान्सको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी लोरिसले सामाजिक संजालमार्फत सन्यासको घोषणा गरेका हुन् ।

    images
    images
    images

    लोरिसले २०१२ देखि फ्रान्सको कप्तानी सम्हाल्दै आएका थिए । फ्रान्सले लोरिसकै कप्तानीम २०१८ को रुस विश्वकप जितेको थियो भने उनकै कप्तानीमा २०१६ मा घरेलु मैदानमा भएको युरोपियन च्याम्पियनसिपमा फ्रान्स उपविजेता भएको थियो  ।

    उनको कप्तानीमा फ्रान्सले कतार विश्वकप २०२२ को फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-२ ले नतिजा सुम्पिएको थियो ।

    लोरिस इङ्लिस क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । लोरिस टोटनहमका कप्तान पनि हुन् । 'मैले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय लिएको छु,' लोरिसले भने,' यो निकै कठिन निर्णय हो । म टोलीमा युवा खेलाडीले अवसर पाएको हेर्न चाहन्छु । त्यसैले टोलीमा बसिरहने चाहन्न ।'

    लोरिसले सन् २००८ नोभेम्बरमा उरुग्वेविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij