Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

'म ढुक्क छु, मेरो विजय पक्का छ'

'म ढुक्क छु, मेरो विजय पक्का छ'

  • ललितपुर । मुलुकभरका उद्योग वाणिज्य संघहरु मध्ये ललितपुर उद्योग वाणिज्य संघ एउटा पुरानो र सशक्त संघका रुपमा चिरपरिचित छ । संघको नयाँ नेतृत्वको दावी गर्दै मनोजबहादुर न्याछ्योंसहितको समूहले उम्मेदवारी दिएको छ । उनै अध्यक्षका प्रत्यासी मनोजबहादुर न्याछ्योँसँग अनलाइन पत्रिकाको ललितपुर व्यूरोले गरेको कुराकानीको सम्पादित अंश  । 

    images
    images
    images

    १. अध्यक्षमा तपाईँको दावेदारी किन बलियो ? 
    – ‘इमानदारिता, पारदर्शीता, दुरदर्शिता, उद्योगी, व्यवसायीहरूको हकहित हाम्रो प्रतिवद्धता भन्ने मुख्य नारा लिएर आएका छौं । आम उद्यमी व्यवसायीको हकहितको सुनिश्चितताको लागि सदासदा प्रतिबद्ध छौं । हामी इमानदारीतापूर्वक पारदर्शी तरिकाले अगाडि बढ्छौं । यसकारण हाम्रो जीत पक्का छ । 

    २. यहाँको विजयी हुनुको आधार के के छन् ? 

    – हाम्रो टिममा सबै इमानदारी र पारदर्शीता भएका अनुभवी व्यक्तित्वहरू समावेश छन् । मैले समावेशी युवा टिम तयार पारेको छु । ललितपुरको व्यवसायीलाई उचाईमा पु¥याउने टिम तयार पारेको छु ।. महिलालगायत समाजमा सबै क्षेत्र र वर्गका मानिसलाई समेटिएर अघि बढ्न लागेका छौं । 

    ३. अध्यक्षमा निर्वाचित हुनुभयो भने पहिलो प्राथमिकतामा काम के–के गर्नुहन्छ ? 
    – सबैभन्दा पहिला उपभोक्ताको हित संरक्षण ऐन २०७५ को न्यायोचित संशोधन समाधान गर्ने छौं । व्यवसायीमा करको बारेमा राम्रो जानकारी वा अज्ञानताको कारण सजायको भागेदार भइरहेका छन् । यता व्यवसायीहरूलाई आवश्यकता ज्ञान उपलब्ध गराउन सम्बन्धित विज्ञहरूद्धारा प्रशिक्षण प्रदान गर्ने र स्थानीय सरकार अन्तर्गतका राजश्व परामर्श समितिमा हाम्रो संघको अनिवार्य उपस्थिति रहने छ ।

    ४. तपाईँको समूह नै विजयी हुने सम्भावना छ त ? 
    मेरो नेतृत्वको समूहलमा सक्रिय व्यक्तिहरू नै छन् । सबै क्षेत्रका व्यक्तिहरू हुनुहुन्छ । जस्तै उद्योगी, पर्यटन क्षेत्रको, हेन्ड्रग्राफ, वित्तिय संघसंस्थाका सबै खाले व्यवसायीहरू मेरो टिममा रहेका छन् । हामी टिममा खाद्यन्न महिला लगायत समाजका सबै क्षेत्र र वर्गका मानिसहरूलाई समेटिएका छन्् । 

    ५. थप केही भन्नुपर्ने 
    – मेरो नेतृत्वमा म कुनैपनि अपारदर्शी काम गर्दिन । जुन विश्वासका साथ जनताले वा व्यवसायीहरूले मलाई अध्यक्षतामा उम्मेद्धार बनाउनु भएको छ । म त्यसको कदर गदैै उहाँहरूको हितमा रही काम गर्नेछु । मलाई आफ्नो भोट दिई जिताउनु हुन अनुरोध पनि गर्दछु । वास्तविक व्यवसायीले मात्र व्यवसायीको समस्या बुझ्न सक्छन् । यसतर्फ सबैको ध्यानाकर्षण हुन आवश्यक छ । यस्तो भयो भने हामी यो संघलाई एउटा नमूना संघको रूपमा अगाडि बढाउन सक्छौं । 

     

    manoj team.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij