
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । ललितपुर महानगरपालिका १४ तिखेदेवलमा रहेको उमा महेश्वर महादेव मन्दिरको लागि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बाद्धेवादन हस्तारण गरेको छन् ।
सो कार्यक्रम उमा महेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुवेर केसीको अध्यक्षतामा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मन्दिरमा कुनै व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्न सक्ने बताए । उनले सहयोग गरेका व्यक्ति तथा संस्थाको नाम शिलापत्रमा राख्ने जानकारी दिए ।
यस्तै, कार्यक्रमका प्रमुख अतिथिमा रहेका मेयर चिरीबाबु महर्जनले आफूले गर्नुपर्ने काममा कहिल्यै पछि नपर्ने र हरेक क्षेत्रमा काम गरेर देखाउने र बोलेपछि काम गर्नै पर्ने यदि पुरा गर्न सकेन भने लाज लाग्ने र रिस उठ्ने बताए ।
ललितपुर महानगरपालिका १४ का वडा अध्यक्ष अमृत जङ्ग महत पनि उपस्थित रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij