Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

बस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते

बस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते

  • काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु हुनाका साथै अन्य २० जना घाइते भएका छन् ।

    images
    images
    images

    प्राप्त जानकारी अनुसार त्यहाँस्थित राजमार्गमा मध्यरातमा बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो । मृतक र घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका कर्मचारीले सञ्चारमाध्यमलाई बताएका छन् ।

    पाकिस्तानमा प्रायः सडक मुख्य कारण  जीर्ण सडक र सडक सुरक्षाका उपायको अवलम्वनको कमी नै हुने गरेको अनुसन्धानले देखाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij