
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा दुईवटा घरमा गएराति आगलागी भएको छ ।
खाँदबारी नगरपालिका–४ मा रहेकाे भ्याङखोलामा खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य पवित्रा गुरुङ र समग्र टोलका पर्शुराम दर्जीको घरमा आगलागी भएको हाे । आगलागीबाट पवित्रा गुरुङको दुई वटा घरमध्ये एउटा घर र पर्शुराम दर्जीको तीन तले घर पूर्ण रुपमा जलेर क्षति भएको प्रहरीले जनाएकाे छ ।
स्थानीयकाे सहयाेगमा केही समयपछि आगो निभाएकाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयाे । गाेदारले आगलागी हुनुका कारण र क्षति बारेमा विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयाे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij