
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रका सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ ।
१९ पुसदेखि प्रशासनले राष्ट्रिय परिचयपत्र वितरणमा टोकनसहित टाइम कार्ड प्रणाली लागू गरेको हो । हरेक दिन बिहान टोकन वितरण हुन्छ भने बिहान १० देखि ११ बजेसम्म नागरिकता रुजु हुने प्रशासनका अनुसार रहेको छ । त्यसपछि राष्ट्रिय परिचयपत्रको काम हुन्छ ।
अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिकका लागि नागरिकताको रुजु र बायोमेट्रिकका लागि लाइन बस्नु नपर्ने प्रशासनले जनाएको छ । कागजात र प्रक्रिया पूरा गरिसकेकालाई १० मिनेटभित्रै परिचयपत्र वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij