Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

तरकारी बेच्न हिँडेका माझीकाे स्कोरपियोको ठक्करबाट मृत्यु

तरकारी बेच्न हिँडेका माझीकाे स्कोरपियोको ठक्करबाट मृत्यु

  • काठमाडौं । स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा उपमहानगरपालिका– १६ टांगिया बस्तीका एक पुरुषको मृत्यु भएको छ । अन्य दुई महिला घाइते भएका छन् ।

    images
    images
    images

    पथलैया–निजगढ सडकखण्डअन्तर्गत पसाहा पुल नजिक बिहीबार बिहान भएको दुर्घटना भएको हो । निजगढबाट पथलैयातर्फ आउँदै गरेको स्कोरपियोले सोही दिशाबाट आइरहेको मोटरसाइकल र साइकललाई एकै ठाउँमा ठक्कर दिँदा टांगिया बस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाइते भएका छन् । उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये आलेमगरको अवस्था गम्भीर छ। घाइते दुवैलाई थप उपचारका लागि वीरगन्ज अस्पताल पठाउने तयारी भइरहेको छ ।

    बिहानको समयमा तीव्र गतिमा आएको ग२च ४४१३ नम्बरको स्कोरपियोले पसाहा पुलदेखी पूर्वतर्फ प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाइकल र दुईवटा साइकललाई पछाडिबाट ठक्कर दिएको थियो । स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij