Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कल्पनाले थालिन् बालविवाह रोकथाम अभियान

कल्पनाले थालिन् बालविवाह रोकथाम अभियान

  •  ललितपुर । विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले बालविवाह रोकथाम अभियान थालेकी छिन्। महर्जनले बाल बिवाह रोकथाम अभियान महालक्ष्मी नगरपालिका भित्रका १५ ओटा सरकारी विद्यालयका प्रध्यानाध्यापकहरुसँग छलफल गरेर यो अभियानको थालनी गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    यस अभियानको लागि महालक्ष्मी नगरपालिकाको प्रमुख शिक्षा अधिकृत चिरिञ्जीवी पौडेलको विशषे भूमिका निभाउनु भएको छ । यस नगरपालिकाको दुर्गम क्षेत्रहरुमा पनि बाल विवाह भइरहेको हुँदा यस अभियानलाई यहाँ पनि सुरुवात गरेको बताउँदै बालबिवास रोकथामका लागि महर्जनले यस अभियानमा नगरपालिका भित्रका सम्पूर्ण व्यक्तिलाई आग्रह गरिन ।

    AGNI GROUP

    साथै, अभियानका लागि आर्थिक, भौतिक, नैतिक सहयोगको लागि पनि आग्रह गरिन ।

    महर्जनले ललितपुर महानगरपालिका स्थापना भएको १०० औं दिन तथा वाडंमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १००औं जन्मोत्सवको उपलक्षमा सर्वोच्च शिखरबाट नगरपालिको लोगो अंकित झण्डा र जोशीको फोटो अंकित झण्डा सर्वोच्च शिखरको सगरमाथामा फहर्‍याएका थिइन्।

    यसैबाट महर्जनले सगरमाथाको शिखरबाट उद्घोष गरेको शिक्षाको माध्यमले बाल बिवाह रोकथाम अभियानलाई निरन्तर दिदैँ आएकी छिन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij