
Apr 18 2025 | २०८२, वैशाख ५ गते
ललितपुर । दक्षिण ललितपुर कोन्ज्योसोम गाउँपालिका ४ नल्लुको देवी आधारभुत विद्यालयमा अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेका हुन् ।
उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय जावलाखेल ललितपुर, इलाका प्रहरी कार्यालय कोन्ज्योसोम तथा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल र दियो नेपालको संयुक्त आयोजनामा भएको हो ।
कोन्ज्योसोम गाउँपालिका नल्लुका प्रमुख प्रहरी निरीक्षक मदन बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा रहेको छ । कार्यक्रममा बोल्दै यस गाउँपालिकामा बालबिवाह बढी रहेको बताए ।
उनले यसको लागि जनचेतना तथा लागूऔषधिलाई विशेष पहल गदै आएको जानकारी दिए । उनले भने, ‘अनलाइन र लौङ्गिकह्रिसा सम्बन्धी जनचेतना कार्यक्रमबाट यस्ता घटनाहरु कम भएको छ ।’
देवी आधारभुत विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत शिक्षक, शिक्षिका र विद्यार्थीहरुलाई बालबिवाह ,लैंगिक हिंसा, आत्महत्या न्यूनिकरण, बिद्युतिय अपराध र विद्यमान कानुन सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलकी प्रहरी नायव निरिक्षक फूल कुमारी पौडेले दिनुभयो । उनले, कानुनको ज्ञान थाहा नभएर र पालना नगरेर विभिन्न अपराधहरु बढेको बताइन् ।
साथै, प्रहरी कार्यालय जावलाखेल ललितपुरकी बरिष्ठ प्रहरी नायव निरीक्षक बसन्ता घिमिरेले महिला तथा बालबालिकाहरु प्रतिको हिसां तथा त्यस विरुद्धको सजाय दिने सम्बन्धी जानकारी दिइन् ।
घिमिरेले फेसबुकमा आफ्नो व्यक्तिगत विवरणहरु प्रस्तुत नगरी गोप्यनियता राख्न अनुरोध गरे । उनले यो कार्यक्रमबाट म हिंसा गर्दिन, म हिंसा सहेर बस्दिन र म हिंसा टुलुटुलु हेरेर बस्दिन जस्ता कुराहरु आजैबाट मनमा राख्नुपर्ने बताइन् ।
सामाजिक संञ्जालबाट संचेतका साथ सदुपयोग गर्ने र यसको दुरुपयोग नगर्न प्रहरीको सुझाव रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij