Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

युक्रेनको ड्रोन आक्रमणबाट तीन जनाको मृत्यु

युक्रेनको ड्रोन आक्रमणबाट तीन जनाको मृत्यु

  • युक्रेनले दक्षिण रुसमा अवस्थित एङल्स बमर बेसमा गरेको ड्रोन आक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    रुसी एअर डिफेन्सले ड्रोनलाई निष्क्रिय बनाए तापनि ड्रोनको भग्नावशेषले लागेर तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी बमर बेसमा गत डिसेम्बर ५ मा युक्रेनद्वारा आक्रमण गरिएको रुसले दाबी गरेको छ । युक्रेनले भने ड्रोन आक्रमणको विषयमा कुनै आधिकारिक पुष्टि गरेको छैन ।

    स्थानीय समय अनुसार सोमबार करिब ०१:३५ मा कम उचाइमा उडिरहेको युक्रेनी ड्रोनलाई खसालेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । हाल आक्रमणमा परेको एङल्स बमर बेसलाई रुसले युक्रेन माथि क्षेप्यास्त्र प्रहार गर्नका निमित्त प्रयोग गर्दै आएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij