
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । सर्लाहीबाट प्रहरीले लागूऔंषध गाँजा र रक्सी बरामद गरेको छ । बिष्णु गाउँपालिका–१ बारास्थित बोडर जाने सडकखण्डमा बीआर ०१ आरडी ५६८३ नम्बरको टेम्पुमा लागूऔषध गाँजा करिब ४ किलोग्राम र सोफी रक्सी २६ कार्टुन हिजो (मंगलबार) बिहान प्रहरीले बरामद गरेको हो ।
प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेको उक्त टेम्पुका चालक रक्सी र गाँजा छाडेर फरार भएका थिए । चालक भागेपछि टेम्पुलाई जाँच गर्दा उक्त परिणामको लागूऔषध र रक्सी फेला पारेको जिल्ला प्रहरी कार्यलय, सर्लाहीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij