
Apr 19 2025 | २०८२, वैशाख ६ गते
कोरोना तीव्र रुपमा बढ्दै गएपछि चीनको ठूलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन निर्देशन दिएको छ । सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुने सांघाईको शिक्षा ब्युरोले जनाएको छ ।
शून्य–कोभिड रणनीतिप्रति चौतर्फी आक्रोश बढेपछि केही समयअघि सरकारले प्रतिबन्ध सहज बनाएको थियो । प्रतिबन्ध खुकुलो भएसँगै कोभिड संक्रमण दिनहुँ बढिरहेका छन् । प्रतिबन्ध सहज बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको छ ।
वित्तीय पत्रिका काइक्सिनका अनुसार पिपुल्स डेलीका पूर्वरिपोर्टर याङ लिआङ्हुआको डिसेम्बर १५ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो भने चाइना युथ डेलीका पूर्वसम्पादक झोउ झिचुनको ७७ वर्षको उमेरमा डिसेम्बर ८ मा निधन छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij