
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ज्यापु समाज यलले बिहिबार ललितपुर जिल्लाबाट निर्वाचित हुनुभएका प्रतिनिधि सभा तथा प्रदेश सभा सांसदहरुलाई बधाई तथा सम्मान गरेका छन् । उक्त सम्मान कार्यक्रम ज्यापु समाजका अध्यक्ष तिर्थलाल महर्जनको सभापत्विमा भएको हो ।
ललितपुर क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उदय शमशेर राणा, प्रदेश सभा सदस्य १ (क) मधुशुदन पौडेल र १ (ख) बात मीन कृष्ण महर्जन, ललितपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य प्रेम महर्जन, प्रदेश सभा सदस्य क्षेत्र नं. २ (क) बाट रामेश्वर श्रेष्ठ र २ (ख) बाट रामकृष्ण चित्रकार र ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य डा. तोसीमा कार्की, क्षेत्र नं. ३(क) बाट रघुनाथ महर्जन र ३(ख) बाट प्रेमभक्त महर्जनलाई बधाई तथा शुभकामना दिएका छन् ।
जनप्रतिनिधिहरुले ज्यापु समाजले गरेको न्यानो माया र सम्मानलाई आभार व्यक्त गर्दै ललितपुरका नेवार समुदायहरुको हक, अधिकार, विकास, परिवर्तन र समृद्धीको लागि सधै साथमा रहेर काम तथा सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन पनि उपस्थित रहेको छ ।
सो अवसरमा त्यः छिं त्यः साँस्कृतिक कार्यक्रम पनि भएको थियो । योमरी पुन्हीमा नेवारहरु योमरी माग्न टोलटोलमा बाजागाजासहित जान्छन्। तिहारमा देउसीभैलो खेलेर धानचामल वा सेलरोटी मागिन्छ योमरी पुन्हीमा त्यसरी नै त्यः छिं त्यः खेलेर योमरी मागिने गरीन्छ । तर आधुनिकता भित्रिएसँगै त्यः छिं त्यः गुञ्जिन छोडेको छ। नेवार समाजमा पुराना मौलिक संस्कृति हराउँदै गएकोले नयाँ पिँढीलाई आफ्नो मौलिक संस्कृति, बाजागाजाका सम्बन्धमा जानकारी गराउने र नयाँ पिधिहरुलाई हस्तान्तरण, पुस्तान्तरण गराउने तथा हाम्रो माैलिक संम्पदाहरु बिदेशी पर्यटक मात्र प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरेको आयोजकले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij