
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुर महानगरपालिका त्यागलमा मंसिर १८ र १९ गते नेपाल भाषा मंका खल यलकोे ४३ औँ जन्मोत्सव कार्यक्रम मनाइएको छ । सो अवसरमा नेपाल भाषा मंका खल यलले ¥यापिड बुद्धिचाल प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रमको शुभारम्भ ललितपुर महानगरपालिका ७ का वडा अध्यक्ष कुल बहादुर महर्जन र वडा १७ का वडा अध्यक्ष विनोद महर्जनले गर्नुभएको हो । उक्त प्रतियोगितामा देशभरका प्रतियोगीहरु सहभागी भएका थिए । प्रतियोगितामा ६४ जनाले सहभागीता जनाएका थिए ।
जसमा महिला, पुरुष, वयस्कलगायत बालबालिकासमेत सहभागी रहेको नेपाल भाषा मंका खल यलका सहसचिव राजु ताम्राकारले बताए । सो प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कारको पनि व्यवस्था रहेको ताम्राकारले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij