
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९–२० डिग्री सेलिसयससम्म पुग्ने मौसमविद् वरुण पौडेल बताउँछन् ।
उनका अनुसार आज देशका कुनै पनि भू–भागमा हिमपात तथा वर्षाको सम्भावना छैन । यद्यपि, चिसो बढ्दै गएको छ ।
तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । घाम लागेसँगै हट्दै जाने बरुण बताउँछन् । काठमाडौंमा हवाई उडान तथा अवतरणमा समस्या हुने गरी तुवाँलो लागेको छैन ।
यसैबीच, प्रदेश–१ को पहाडी भू–भागमा तथा उच्च पहाडी र हिमाली भू–भागमा आज बिहान हांशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij