
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुर महानगरपालिका-१४ तिखेदेवलमा आज प्रहरीको सक्रियतामा लैङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका-१४का वडा अध्यक्ष अमृत जंग महतको सभापत्विमा भएको हो ।
वडा अध्यक्ष महतले सामुदायिक प्रहरी तिखेदेवल सेवा केन्द्रकी नायब निरीक्षक फूलकुमारी पौडेललाई एक थान प्रोजेक्टर हस्तान्तरण गरेका छन् ।
महानगरपालिका-१४ वडा कार्यालय, सामुदायिक विकास केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल, राइज एण्ड शाइन नेपाल र आफन्त नेपालको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो।
यस कार्यक्रमको मुख्य उदेश्य समाजमा लैङ्गिक हिंसाबाट पिडित भएकाहरुका लागि सेवा दिने र मौलिक हक अधिकारका साथै सामाजिक न्यायबाट पछि परेकाहरुका लागि आवाज उठाउनु हो । उक्त कार्यक्रममा लैङ्गिक हिंसामा परेका २५ जना महिलाहरुलाई लैङ्गिक हिंसा सम्बन्धि परामर्श दिइएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रहरी वृत सातदोबाटोका प्रहरी नायव उपरिक्षक मदन के.सीले लैङ्गिक हिंसाको समाधानका लागि प्रहरी मात्र नभई समाजसेवी र वडा कार्यालयको सहायताको आवश्यकता रहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij