
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर । ठेचो टाहाखेलको सडक कालोपत्र हुने भएको छ । ललितपुरको ठेचोदेखि सडक कालोपत्र सुरु गरिएको छ । केही दिनभित्रै टाहाखेलसम्मको सडक कालोपत्रे गरिने ठेकेदार कम्पनीले बताएको छ ।
ठेचोको धापाखेलको दोबाटो सडकबाट कालोपत्र निकाल्न सुरु गरिएको छ । गोदावरी ११ का वडाअध्यक्ष नील बहादुर देशारले पहिलो चरणमा ठेचोबाट झ्यालीपाटीसम्मको सडक कालोपत्र गरिने बताएका छन् ।
ट्राफिक प्रहरीले पनि सडक कालोपत्र नहुञ्जेलसम्मको लागि राती ९ बजेदेखी टिपर सञ्चालनमा रोक लगाएको छ । नगरपालिकाले पनि सडक कालोपत्र गर्न अवरोध नहुने गरी बैकल्पिक सडकको प्रयोगको लागि सुचना जारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij