Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

फिफा विश्वकप: फ्रान्सको विजयी सुरूवात

फिफा विश्वकप: फ्रान्सको विजयी सुरूवात

  • साबिक विजेता फ्रान्सले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । उसले समूह`डी´अन्तर्गत गएराति सम्पन्न खेलमा अस्ट्रेलियालाई ४-१ ले हराउँदै विजयी सुरूवात गरेकाे हाे । कतारकाे दोहास्थित अल जनुब स्टेडियममा फ्रान्सलाई सहज जित दिलाउन  ओलिभर जिरुडले दुई तथा एड्रिन राबिओट र केलियन एम्बाप्पेले एक/ एक गोल गर्दा अस्ट्रेलियाका लागि क्रेग गुडविनले एक गोल गरे ।

    images
    images
    images

    खेलमा सुरूवाती अग्रता भने अस्ट्रेलियाले लिएकाे थियाे । खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै टाेलीलाई सुरुवाती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा राबिओटले फ्रान्सलाई १-१ को बराबरीमा ल्याए । ३२ औं मिनेटमा जिरुडले गोल गर्दै पहिलाे हाफमा टाेलीलाई  २-१ को अग्रता दिलाए ।

    ६८ औं मिनेटमा एम्बाप्पेले गोल गर्दा फ्रान्स ३-१ ले अघि बढ्याे ।  ७१ औं मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४-१ को सहज जित निकाल्याे ।

    याे जितसँगै फ्रान्सले तीन अंक जाेड्दा अस्ट्रेलियाले हारबाट प्रतियाेगिताकाे सुरूवात गरेकाे छ । विश्वकप अन्तर्गतकै समूह`सी´काे खेलमा पाेल्याण्ड र मेक्सिकाेले गाेलरहित बराबरी खेलेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij