
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुर क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । ५० हजार ३९ मत खसेको क्षेत्र नम्बर १ मा गोदावरी नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।
सो क्षेत्रमा प्रतिनिधिसाभा र प्रदेशसभा दुवैको एकैपटक मतगणना हुँदै छ । मतगणना गोदावरी नगरपालिकाको कार्यालय बज्रबाराहीमा हुँदै छ ।
यो क्षेत्रमा एमालेका नवराज सिलवाल, गठबन्धनका (कांग्रेस ) उमेदवार उदयशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. सचिनकुमार घिमिरेबीच प्रतिस्पर्धा हुँदै छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij