
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको सिद्धिपुरमा महापरित्राण पाठ कार्यक्रमको आयोजना गरिएको छ । देशमा शान्ति र मैत्रीको कामना गर्दै भिक्षुसंघले महालक्ष्मी नगरपालिका– ६ सिद्धिपुरस्थित सिद्धिमंगल बुद्ध विहारमा दिनभर पाठ गरेका हुन् । विहारका उपासक नाति महर्जन र नानीमाया महर्जनको आहवानमा सो पाठ कार्यक्रमको आयोजना गरेको थियो।
सो पाठको श्रवणबाट मानसिक सुख प्राप्तिसंगै ज्ञान र ध्यानको अभ्यासमा टेवा पुगोस् भनेर महापरित्राण पाठ आयोजना गरिएको विहारका प्रमुख भिक्ष विमलोले बताउनुभयो । भगवान बुद्धको वचनलाई २५ सय वर्ष अघि मगधमा प्रचलित मागधि भाषा, पाली भाषामा रहेको १२ वटा सुत्रहरुको संग्रह नै परित्राण हो । लोकहितको कामना गरी शुद्ध चित्तले पाठ गर्ने र श्रवण गर्नाले ठूलो पूण्य मिल्ने विश्वास रहेको छ । परित्राणको पाठ र श्रवण गर्नाले चारै दिशाबाट उत्पन्न हुने भय, रोग, व्याधी, अशान्त हट्ने जनविश्वास रहेको छ ।
आकर्षक मण्डप बनाएर १२ वटामा थप सुत्रहरु पाठ गर्ने हुनाले महापरित्राण पाठ भनिएको भिक्षु विमलोले बताउनुभयो । शुद्ध चित्तका साथ बुद्ध पुजा तथा परित्राण पाठ र श्रवण गर्ने कार्यले मानसिक आनन्द प्राप्तिसंगै सकारात्मक सोच, परिवार, समाज र राष्ट्रमा शान्ति स्थापना गर्न टेवा पुर्याउने दाताहरुको विश्वास रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij