Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ललितपुर-१ का स्वतन्त्र उम्मेदवार घिमिरे अनशनमा

ललितपुर-१ का स्वतन्त्र उम्मेदवार घिमिरे अनशनमा

  • ललितपुर । ललितपुर क्षेत्र नं. १ का उम्मेदवार डा. सचिन घिमिरेले आमरण अनशन शुरु गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका घिमिरेले सात सूत्रीय माग अघि सार्दै गोदावरीको टाखेलमा मंगलबारदेखि अनशन शुरु गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर-१ का निवर्तमान सांसदले आफ्नो कार्यकालमा बजेट ल्याएर विकास निर्माणको काम गरेको भनी दावी गरेकाले अघिल्लो कार्यकालमा सांसदको पहलमा आएको बजेटको आय-व्यय विवरण सार्वजनिक हुनुपर्ने उनको मुख्य माग छ ।

    AGNI GROUP

    ‘शान्तिपूर्ण रुपमा अरुलाई असर नपर्ने गरी आफ्ना मागहरु राख्न पाइन्छ । यो मेरो निर्वाचन प्रचारप्रसार अभियानकै एउटा पाटो हो’ घिमिरेले अनलाइनखबरसँग भने, ‘निर्वाचनकै दौरान विभिन्न विषयहरु थाहा पाएकाले तिनलाई उठाई सत्याग्रह शुरु गरेको हुँ ।’

    उनले गोदावरी नगरपालिकामा एक महिनाभित्र बाँदर व्यवस्थापन हुनुपर्ने माग समेत राखेका छन् । ललितपुरको चौघरेका दुई विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरिरहेको र उनीहरुलाई आर्थिक अभाव भएकाले स्थानीय सरकारले उनीहरुको माग पूरा गरिदिनुपर्ने उनको अर्को माग छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij