
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । आर.बी. क्राउन एण्ड मेनेजमेन्टको आयोजनामा सम्पन्न मिस ललितपुर- २०७९ को टाइटल रिजा शाक्यले जितेकी छिन् । प्रतियोगितामा अञ्जिला महर्जनले द्वितीय, अनु लामाले तृतीय तथा निराशा खातीले चौथो स्थान प्राप्त गरिन् ।
कार्यक्रममा आयोजकका तर्फबाट रविन्द्र बज्राचार्यले प्रतिस्पर्धीहरुलाई पुरस्कृत गरेका थिए भने कार्यक्रमका सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।
निर्णायकमा कलाकार तथा संचारकर्मी सुरजवीर बज्राचार्य, शिक्षा क्षेत्रका ज्योति थापा तथा चलचित्र निर्देशक राजेशमान सिंह रहेका छन् । कार्यक्रम मिस लिटिल नेवाः फस्ट रनरअप लुँस्वां मानन्धरले संचालन गरेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij