Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

नृसिंह अवतार हिरण्यकश्यु वध मञ्चन : कात्तिक नाच

नृसिंह अवतार हिरण्यकश्यु वध मञ्चन : कात्तिक नाच

  • ललितपुर । ललितपुरको मंगलबजारस्थित ‘कात्तिक डबली’मा भइरहेको ऐतिहासिक कात्तिक नाचको मुख्य आकर्षणको रुपमा रहेको नृसिंह अवतार हिरण्यकश्यु वध मञ्चन गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर दरबार क्षेत्रमा प्रत्येक बर्ष ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार उक्त नाच आइतबार राती प्रदर्शन गरिएको हो । सो नाचमा नारायणको अवतार नृसिंहले हिरण्यकशिपुलाई बध गरेको पौराणिक कथा प्रस्तुत गरिएको थियो । यो नाच तान्त्रिक शक्तिमा आधारित हुने गर्दछ । मंगलबजारमा यो नाच हेर्न आउने दर्शकको भीड हुने गर्दछ ।

    AGNI GROUP

    यसअघि शनिबार राति बराह अवतार हिरण्याक्ष वध नाच देखाइएको थियो भने कात्तिक २२ गते मंगलबार राति दघि लिला नाँच प्रस्तुत गरी यस वर्षको कात्तिक नाच समापन हुने कात्तिक नाच संरक्षण समितिले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij