
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको मंगलबजारस्थित ‘कात्तिक डबली’मा भइरहेको ऐतिहासिक कात्तिक नाचको मुख्य आकर्षणको रुपमा रहेको नृसिंह अवतार हिरण्यकश्यु वध मञ्चन गरिएको छ ।
ललितपुर दरबार क्षेत्रमा प्रत्येक बर्ष ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार उक्त नाच आइतबार राती प्रदर्शन गरिएको हो । सो नाचमा नारायणको अवतार नृसिंहले हिरण्यकशिपुलाई बध गरेको पौराणिक कथा प्रस्तुत गरिएको थियो । यो नाच तान्त्रिक शक्तिमा आधारित हुने गर्दछ । मंगलबजारमा यो नाच हेर्न आउने दर्शकको भीड हुने गर्दछ ।
यसअघि शनिबार राति बराह अवतार हिरण्याक्ष वध नाच देखाइएको थियो भने कात्तिक २२ गते मंगलबार राति दघि लिला नाँच प्रस्तुत गरी यस वर्षको कात्तिक नाच समापन हुने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij