
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटीएम मेशिन फुटाएको अभियोगमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बसन्त तिवारी, बिजय तिवारी र अनिल राई रहेका छन् ।
उनीहरूले कात्तिक ४ गते कुमारीपाटीमा रहेको बैंकको एटीएम मेशिन तोडफोड गरी रकम चोर्ने प्रयास गरेका थिए । तर, उनीहरू रकम चोर्न भने असफल भएको प्रहरीले जनाएको छ । उक्त घटनापछि फरार रहेका तीनै जनालाई सीसीटिभी फुटेजका आधारमा पक्राउ गरिएको प्रहरी परिसर जावलाखेलले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij