
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । ललितपुरको ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्राको क्रममा श्वेतभैरवको नाच देखाउने सम्पन्न भएको छ । श्वेतभैरवको नाच १२ वर्षमा एक पटक मात्र देखाउने गरिन्छ ।
१२ वर्षमा एक पटक मात्र नाच देखाउने भएकोले अत्यन्त मनमोह जात्राको रुपमा मानिन्छ । यस नाचलाई नेपाल भाषामा आँग खः भनिन्छ ।
श्वेतभैरवको पहिलो दर्शन पाउने व्यक्तिको लक्षियुक्त सन्तान लाभ हुने जनविश्वास रहिआएको छ । यो नृत्य अन्य वर्षहरुमा कोही भक्तजनहरुले चाहेमा आवश्यक बलिसहितको पूजासामाग्री जुटाएर श्वेतभैरव नाच नचाउन मिल्ने गुठीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij